सरिता गिरीलाई कारबाही गर्न कार्यदलको सिफारिश
मंगलबार बस्ने पार्टीको बैठकले कारबाहीबारे निर्णय गर्ने


समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको छ । कार्यदलको सिफारिसबारे अन्तिम निर्णय मंगलबार बस्ने समाजवादी पार्टी पदाधिकारीको बैठक गर्ने बताइएको छ । 

सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा भएको नक्सा संशोधन गर्न संसद्मा दर्ता गराएको विधेयकमा संसोधन प्रस्ताव दर्ता गराउँदै गिरीले तत्काल ती क्षेत्र नेपालको नक्सामा समावेश गर्न नहुने भन्दै फरकमत राखेकी थिइन् ।

पार्टीको ह्वीप नमानेकी उनलाई कारबाही गर्न पार्टीले कार्यदल गठन गरेको थियो । पदाधिकारी बैठकले आफ्नै पार्टीकी प्रतिनिधिसभा सांसद् सरिता गिरीलाई कारबाहीबारे निर्णय गर्न सक्ने समाजवादी पार्टीका एक नेताले बताए ।  

सरकारले दर्ता गराएको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध गिरीले प्रस्ताव दर्ता गराएपछि समाजवादी पार्टीको दलको बैठकले गिरीलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो । गिरीले दलको ह्वीप उल्लंघन गरी  प्रस्ताव फिर्ता नलिएपछि समाजवादी पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो ।


सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहाय प्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।


 





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १५:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया