साताको तेस्रो दिनको कारोबारमा पनि नेप्से परिसूचकमा निरन्तर उकालो लागेको छ । अघिल्लो दिनको कारोबारको तुलनामा ३७ दशमलव ९३ अंकले वृद्धि हुँदै मंगलवार परिसूचक १३ सय ३६ दशमलव ६६ विन्दुमा पुगेको छ ।
मंगलबार १७८ ओटा कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता सेयर कारोबार भएको छ । बजार खुलेसँगै निरन्तर उकालो लागेको कारोबार रकमसमेत मंगलबार अर्ब नाघेको छ । मंगलबार १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १२ ओटा समूहमध्ये सबैभन्दा बढी होटल समूहको परिसूचक ८ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार बैकिङ समूहको परिसूचक २ दशमलव ३३ प्रतिशत, व्यापार समूहको ४ दशमलव १८ प्रतिशत, विकास बैंक समूहको २ दशमलव शून्य ८ प्रतिशत, जलविद्युत् कम्पनीको २ दशमलव ८३ प्रतिशत, वित्त समूहको ३ दशमलव शून्य २ प्रतिशत, निर्जीबन बीमा समूहको ६ दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमल ५८ प्रतिशत, अन्य समूहको ३ दशमलव ७३ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ५४ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर खरिदबिक्री भएको छ । कम्पनीको प्रतिकित्ता ४८४ रुपैयाँका दरले ९ करोड १२ लाख रुपैयाँ बरावरको सेयर कारोबार भएको छ ।
मंगलवारको कारोबार अवधिमा १९ ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । मञ्जुश्री फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, ओरियण्टल होटल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३ दशमलव ८५ प्रतिशत र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर ३ दशमलव ७१ प्रतिशतले घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।