कर्णलीमा १४ संक्रमित थपिए, २८ जना डिस्चार्ज

सुर्खेत– कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये सुर्खेका १२ जना र सल्यानका दुईजना रहेका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५३० पुगेको छ ।

कर्णालीमा मंगलबार थप २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १२७५ पुगेको छ ।

कर्णालीमा अहिलेसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल २४९ जना आइसोलेसनमा रहेका छन् ।





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १७:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया