एनआईसी एशियाले ल्यायो ब्याज छुटको आकर्षक योजना

काठमाडौं– एनआईसी एशिया बैंकले ऋणीहरुका लागि ब्याज छुटको आकर्षक योजना ल्याएको छ ।  बैंकले कर्जा सुविधा लिएका सम्पूर्ण ग्राहकहरूले ०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम ०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको ब्याजदरलाई २ प्रतिशत कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना ल्याएको हो ।

राष्ट्र बैंकले वैशाख १६ गते कोरोनाबाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न ०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न निर्देशन जारी गरेअनुसार बैंकले यो योजना ल्याएको हो ।
 
यो योजनामा कोही पनि नछुटोस् भन्ने हेतुले उक्त योजना ल्याएको बैंकले जनाएको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालु पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जा उपभोग गरेका ग्राहकले ०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम ०७७ आषाढ समान्तभित्रै भुक्तानी गरेमा २०७७ श्रावण १ पश्चात् ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने जनाएको छ ।

यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहकहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासो जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाइदा लिन सक्ने बैंकले जनाएको छ ।

यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालय, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १८:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया