पार्टी निर्णयविरुद्ध अदालत जान्छुः सरिता गिरी

काठमाडौं– समाजवादी पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि सांसद सरिता गिरीले आफू पार्टीको निर्णयविरुद्ध अदालत जाने बताएकी छिन् । गएर न्याय खोज्ने बताएकी बताएकी छन् । 

समाजवादी पार्टीले मंगलबार उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । उनले अनुशासनको कारबाही गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै रहेको दाबी गर्दै अवैधानिक निर्णयलाई अदालतबाट चुनौती दिने बताएकी छिन् ।

उनले ४२५ जनाको पार्टी केन्द्रीय कार्यसमितिको बैठक बसेर गर्नुपर्ने निर्णय केही व्यक्ति बसेर गरेको भन्दै उनले आक्रोश पोखेकी छिन् । यस विषयमा कानुनविद्सँग परामर्श गरेर सर्वोच्च अदालत जाने उनले बताएकी छिन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । 

पार्टीले सो प्रस्ताव फिर्ता लिएर सरकारले ल्याएको प्रस्तावमा मतदान गर्न निर्देशन गरे पनि गिरीले उक्त मतदान बहिस्कार गरेकी थिइन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा गठित तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । 





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १९:३८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया