अमेरिकी युवाले राखे कोरोना पार्टी, पहिलो संक्रमितले टिकट बिक्रीबाट आएको सबै रकम पाउने

काठमाडौं– अमेरिकाको अलाबामा केही युवाहरूले कोभिड–१९ पार्टी आयोजना गरेको त्यहाँका स्थानीय अधिकारीले बताएका छन् । कोरोना संक्रमित र संक्रमण नभएका दुवैथरीलाई बोलाइएको पार्टीमा जो पहिले कोरोना भाइरस संक्रमित हुन्छ, उसले पुरस्कार पाउने व्यवस्था गरिएको जनाइएको छ । 

पार्टीमा संक्रमितलाई उपस्थित गराएर जानाजान अरुलाई संक्रमण गराउने गरिएको शहरकी काउन्सिल सदस्य सोन्या म्याकिन्स्ट्रीले बताएको सिएनएनले उल्लेख गरेको​ छ । यस्ता कार्य रोक्न सबै उपाय अवलम्बन गरिने उनले प्रतिबद्धता जनाएकी छिन् । 

उक्त पार्टीमा सहभागीहरुमा डाक्टरद्वारा पहिलो कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै टिकटबाट बिक्री भएको सबै पैसा पाउने सर्त राखिएको थियो ।

यस्ता किसिमका उच्छृङ्खल गतिविधिसहितका पार्टीहरूलाई रोक्ने काम गरिरहेको बताउँदै काउन्सिल सदस्य सोन्याले अनिवार्य मास्क लगाउनुपर्ने अध्यादेश पारित गरेको जानकारी गराइन् । 





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार २०:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया