सरिता गिरीमाथिको कारबाही फिर्ता गर्न मानव अधिकार आयोग सदस्यको माग

काठमाडौं– सरिता गिरीमाथि समाजवादी पार्टीले गरेको कारबाही फिर्ता गर्न मानव अधिकार आयोगकी एक सदस्यले माग गरेकी छिन् । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले ट्विटमार्फत यस्तो माग गरेकी हुन् । 

संसदीय दलको ह्विप उल्लंघन गरेको भन्दै गरिएको कारबाही खेदजनक रहेको भन्दै अन्सारीले गिरीलाई सांसदबाट हटाउने निर्णय फिर्ता लिन माग गरेकी छन् । 

अन्सारीले ट्विटरमा लेखेकी छन्, ‘मा. सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निष्कासन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ, संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारबाही गर्नु अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरीत रहेकाले निर्णय फिर्ता लिन अनुरोध गर्दछु ।’





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार २१:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया