कोरोनाभाइरसः भारतमा २० हजारभन्दा धेरैको मृत्यु

गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसका कारण विश्वभर मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । संक्रमितको संख्या त झन् बढ्दै गएको छ । 

पछिल्लो तथ्यांकअनुसार अब कोभिड १९ का कारण भारतमा २० हजारभन्दा धेरैको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा अब कोभिड १९ का कारण २० हजार १ सय ६० जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको हो । 

भारतमा कोरोनाबाट प्रभावितको संख्या पनि विश्वकै तेस्रो ठूलो संख्या हो । अमेरिका र ब्राजिलपछि भारतमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । भारतमा ७ लाख १९ हजार ६ सय ६५ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १०:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया