सुनको मूल्य निरन्तर उकालो


निरन्तर उकालो लागेको सुनको भाउ बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ  पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार पनि तोलामा ७ सय रुपैयाँ बढेर तोलाको ९० हजार ९ सय पुगेको थियोे । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल वृद्धि भएको  प्रभाव नेपाली बजारमा परेको  महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ । असार १७ गते सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले  बताएको छ ।





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १४:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया