डब्लूएचओबाट बाहिरियो अमेरिका

अमेरिका औपचारिक रुपमै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट बाहिरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गराएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।     
     
संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लूएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक–पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए । विश्वभरी कोरोना भाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै उनले बारम्बार डब्लूएचओको आलोचना गरेका थिए ।
     
डब्लुएचओलाई चीनको पक्षमा काम गरेको र अमेरिकालाई बेवास्ता गरेको आरोप पनि राष्ट्रपति ट्रम्पले लगाएका थिए । उनको आरोप र असन्तुष्टिप्रति अन्य धेरै देशले भने असहमति जनाएका थिए ।     
     
डब्लूएचओबाट अमेरिका बाहिरिने र दिंदै आएको सहयोग रोक्ने बारेमा अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले पुष्टि गरेका छन् । बाहिरिनेसम्वन्धी पत्र अमेरिकी अधिकारीले सोमवार नै लागू हुनेगरी राष्ट्रसंघका महासचिवलाई पठाएको पनि समाचारमा बताइएको छ ।     
     
अमेरिकी सिनेटको विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस बारेमा जानकारी दिएका थिए ।





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १४:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया