नेतृत्वलाई दबाव दिन पार्टी कार्यालयमा धर्ना

केन्द्रीय सदस्यको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएका छन् । नेता तथा कार्यकर्ता पार्टी नेतृत्वलाई मिल्न दबाब दिँदै बुधबार पनि धर्नामा बसेका हुन् ।

 

पार्टी कार्यालय धुम्बाराहीस्थित हलमा भेला भएका नेताहरुले ‘कम्युनिस्ट पार्टी नीति प्रधान हो, नेता प्रधान होइन’ भन्ने पुष्पलालको भनाइलाई ब्यानरमा राखेर धर्ना दिएका छन् ।

 

‘हामीलाई विभाजन मञ्जुर छैन, पार्टी एकता कायम गर’ भन्ने नारा लेखेको प्लेकार्डसमेत  बोकेर नेता तथा कार्यकर्ता धर्नामा सहभागी छन् । पार्टीको उच्च तहलाई  मिल्न दबाब दिँदै केन्द्रीय नेताहरुको अगुवाइमा धर्ना दिइएको सहभागी  केन्द्रीय नेताले बताए  । यसअघि पनि केन्द्रीय नेताको अगुवाईमा पार्टी कार्यालयमा धर्ना दिएका थिए । आजको धर्ना पनि त्यसकै निरन्तरता भएको नेताले बताए ।
 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १५:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया