नेकपाका दुई अध्यक्षको ‘वान टु वान’ वार्ता सुरु

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार पनि वान टु वान वार्ता सुरु भएको छ । आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि केही दिनयता प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  ‘वान टु वान’ वार्ता जारी छ । 

अपराह्न ४ बजेका लागि तय भएको वार्ता केही ढिला गरी सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।  

आइतबारयता तीन दिनसम्म भएका वार्तामा ओली–प्रचण्डबीच एकले अर्काको कुरा सुन्ने काम भए पनि सहमतिको बिन्दुमा आउन सकेका छैनन् । आजको वार्तामा दुई अध्यक्ष निष्कर्षमा पुगने अपेक्षा गरिएको छ । 

शीर्ष नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि सुरु भएको सत्तारुढ पार्टीभित्रको विवादका कारण असार १८ पछि  स्थायी कमिटी बैठक रोकिएको छ । 

स्थायी समितिको आगामी बैठक शुक्रबार बिहान ११ बजेका लागि तोकिएको छ । त्यसअघि सहमति खोज्ने प्रयासस्वरुप दुई अध्यक्षबीच वार्ता चल्दै आएको छ । 
 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १७:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया