साउन ७ भित्र विद्युत् महसुल तिर्दा जरिवाना नलाग्ने


नेपाल विद्युत प्राधिकरणले गत आगामी ७ साउनभित्र महसुल तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । प्राधिकरणले लकडाउन अवधि अर्थात् चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल तिर्दा जरिवाना नलाग्ने  व्यवस्था गरको हो ।

नेपाल विद्युत प्राधिकरणले १९ असार गते गरेको निर्णयअनुसार ७ साउनभित्र महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । सरकारले अहिलेकै रुपको लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिएको छ । सरकारले लकडाउन अवधि लम्बाएपछि प्राधिकरणले पनि सोहीअनुसार महसुलमा जरिवाना नलाग्ने व्यवस्था गरेको जनाएको छ । 

संचालक समितिले लकडाउन अवधि थपिए सोहीअनुसार जरिवाना छुटको निर्णय गर्न कार्यकारी निर्देशकलाई अधिकार दिएको थियो । प्राधिकरणले लकडाउन खुकुलो भएसँगै सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न शुरु गरिसकेको छ ।
 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १७:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया