पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध नेविसंघको ज्ञापनपत्र

काठमाडौं– नेपाल विद्यार्थी संघले नेपाल आयल निगम लिमिटेडका महाप्रबन्धकलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 

सरकारले असार १६ गतेदेखि लागू हुने गरी डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको थियो । नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितको प्रतिनिधिमण्डलले सो मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । 

निगमले स्वचालित मूल्य प्रणालीसमेत उल्लंघन गरेको नेविसंघको आरोप छ । कोरोना महामारी र लकडाउनले उपभोक्ताको जनजीवन कष्टकर बनेको भन्दै अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्नेबित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको संघले जनाएको छ ।

निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण गर्दै अनावश्यक खर्च कटौती गर्न पनि नेवि संघले माग गरेको छ ।





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १८:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया