सरिता गिरीमाथिको कारबाहीबारे संसद सचिवालयलाई जानकारी

काठमाडौं– सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेकोबारे समाजवादी पार्टीले संसद सचिवालयलाई जानकारी गराएको छ ।

समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद राजेन्द्र श्रेष्ठ सिंहदरबारस्थित सचिवालय पुगेर गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र बुझाएका थिए । 

समाजवादी पार्टीले मंगलबार पदाधिकारी बैठक बसेर गिरीलाई पार्टी सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो । गिरीमाथि पार्टी निर्देशन र संसदीय दलको ह्विप​ उल्लंघन गरेको आरोप छ । 

गिरीले पार्टी निर्णयविरुद्ध अदालत जाने चेतावनी दिएकी छिन् । 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १८:३२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया