काठमाडौं– नेपाली कांंग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्कासन गरेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लङ्घन गरेकाले उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
उनी बाँके जिल्लाका पूर्वसंगठन प्रमुख समेत रहेका थिए । गएको आमनिर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको विषयमा मल्लसँग स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनीमाथि कारबाही गरिएको बुझिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।