गण्डकीका तीन जिल्लामा डा. राणाले दिइन् स्वास्थ्य सामग्री

पर्वत– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले गण्डकी प्रदेशका तीन जिल्लालाई कोरोनाविरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् । 

नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष पहलमा नेतृ देउवाद्वारा पठाइएको ती स्वास्थ्य सामग्री नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले बुधबार जिल्लामा गठन भएको कोरोना नियन्त्रण समन्वय समिति (सिसिएमसी)लाई हस्तान्तरण गरेका छन् ।

सिसिएमसीको तर्फबाट पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा २० थान पिपिई सेट, १० लिटर सेनिटाइजर, १२ सय थान पञ्जा, तीनहजार वटा नर्मल मास्क र ४० पिस एम ९५ माक्स रहेको छ । ती स्वास्थ्य सामग्री झण्डै रु दुई लाखबराबरको रहेको बताइएको छ ।

सामग्री हस्तान्तरणपछि कोषाध्यक्ष गुरुङले महामारी र विपत्ती सबैको साझा समस्या भएकाले यसबाट बच्न सबै एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए । नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरीले कोरोना विरुद्धको अभियानमा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेकामा नेतृ देउवाप्रति आभार व्यक्त गरे । 

ती स्वास्थ्य सामग्री बागलुङ र म्याग्दी जिल्लामा पनि र वितरण गरिएकोे गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए । अध्यक्ष मल्लले व्यक्तिगत रुपमै पर्वतका हरेक स्थानीय तहलाई लाखौंको स्वास्थ्य सामग्री यसअघि नै सहयोग पनि गरिसकेका छन् ।





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार २०:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया