कोरोना संक्रमित बढेपछि मेलबर्नमा फेरि लकडाउन

अष्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा कोरोनाभाइरस संक्रमित बढेपछि फेरि लकडाउन लगाइएको छ । यो त्यहाँ लगाइएको दोस्रो लकडाउन हो ।

त्यहाँको सरकारले नयाँ निर्देशन जारी गर्दै झन्डै ५० लाख मेलबर्नवासीलाई आफ्नो घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ । उनीहरुलाई अत्यावश्यक सेवाका लागि मात्र घरबाट बाहिर निस्किन भनिएको छ ।

स्थानीय प्रहरीले मेलबर्नलाई चारै नाकामा सिल गरिएको पनि जनाएको छ । त्यसो त भिक्टोरियाले मंगलबारमात्र दोस्रो राज्यसँग जोडिएको सीमालाई बन्द गरिदिएको थियो । भिक्टोरियाको राजधानी मेलबर्नमा चाहिँ अहिले पूर्ण रुपमा लकडाउन लगाइएको हो ।

मेलबर्नमा मंगलबार १ सय ९१ जना नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका थिए । त्यस्तै, बुधबार त्यहाँ १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ९ हजार पुगेको छ ।





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार ६:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया