मास्क नलगाउनेलाई कास्कीमा कारवाही

कोरोनाभाइरस महामारीबाट बच्न सरकारले सबैलाई मास्क लगाउन अनुरोध गरेको छ । तर, अहिले पनि केही मानिसहरु मास्क नलगाइ बाहिर बाटोमा निस्किएको देखिन्छ । 

उता, कास्कीमा चाहिँ यस्तो गर्ने २१ जनालाई प्रहरीले कारवाही गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले गृह मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै २१ जनालाई कारवाही गरेको हो । 

उनीहरुलाई सय रुपैयाँको दरले जरिवाना तिराएर छोडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । गृह मन्त्रालयले मंगलबार मात्र प्रहरी प्रधान कार्यालयलाई मास्क नलगाइ हिँड्नेलाई कारवाही गर्न निर्देशन दिएको थियो ।





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार ६:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया