बलिउड अभिनेता जगदीपको निधन भएको छ । उनको बुधबार मुम्बईमा निधन भएको हो ।
८१ वर्षका यी अभिनेताको निधनले बलिउडमा ठूलो क्षति पुगेको बलिउडका अन्य कलाकारले बताएका छन् । बलिउडका कलाकारहरुले सामाजिक सन्जाल ट्विटरमा जगदीपको निधनमा दुःख व्यक्त गरेका छन् ।
अनुपम खेरले ट्विटरमा लेखेका छन्, ‘जगदीप साप हिन्दी फिल्म जगतका निकै राम्रा कलाकार थिए । एक हास्य कलाकारमा हुनु पर्ने सबै गुण उनीमा थियो । उनको कमी सधैं हुनेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।