गगनले बुवालाई जन्मदिनको शुभकामना दिँदै के भने ?

नेपाली कांग्रेस युवा नेता गगन थापा व्यस्तताबीच परिवारका सदस्यलाई समय दिनेमा पर्छन् ।

फुर्सदको समयमा उनी परिवारसहित कहिले फिल्म हेर्न जाने गर्छन् त कहिले घुम्न र रमाइलो गर्न ।

कोरोभाइरस संक्रमणपछिको लकडाउका कारण गगनले अहिले परिवारका सदस्यहरुलाई घरबाहिर लान पाएका छैनन् । यद्यपि, उनी उनीहरुसँग घरमै बिताएका क्षण भने सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छन् ।

यसैबीच, बुधबार राति गगनले एउटा तस्बिर फेसबुकमा राखेका छन् । त्यसलाई धेरैले मनपराएका छन् ।
त्यो तस्बिर हो, पिता महेन्द्र थापाको ।

पिता महेन्द्रको जन्मदिनको अवसरमा गगनले त्यो तस्बिर शेयर गरेका हुन् । बुवासँगको तस्बिर उनले शेयर गरेका हुन् ।

गगनले जन्मदिनको शुभकामना दिँदै नबिराउनु नडराउनुको मन्त्र कहिलै नछोड्नु भन्ने मन्त्र आफूले बुवाबाट सिकेको बताएका छन् ।



‘नबिराउनु ,नडराउनु भन्ने मन्त्र कहिल्यै नछोड्नु । ठानेको काम पूरा गर्दा एक्लै होला तर बिच बाटोमा यात्रा कहिल्यै नछोड्नु !’, उनले भनेका छन्, ‘यसरी मलाई सधैँ हौस्याउने मेरो बुबालाई जन्मदिनको अनेक शुभकामना !’ 



  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार ८:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया