निरन्तर उकालो लागेको सुनको मूल्य बिहीबार तोलामा ९ सयले उकालो लागेको छ । बिहीबार ९ सय रुपैयाँले बढ्दा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाउको छ ।
बुधबार सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको थियो । बजारको अवस्था हेर्दा मूल्य अझै बढ्न सक्ने व्यवसायीको भनाइ छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।