नेप्सेमा झिनो सुधार, कारोबार रकम भने घट्यो

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १३ सय ३१ दशमलव १० विन्दुमा पुगेर बन्द भएको छ । रू.९० करोड ८० लाख ८६ हजारको कारोबार भएको बिहीबार नेप्से परिसूचक ४ दशमलव शून्य ५७ अंकले बढेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । 

 

बिहीबार १७८ कम्पनीको १४ हजार ६६३ पटकको व्यापारमा २२ लाख २६ हजार २०३ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेमा बिहीवार पनि नेपाल पुनर्बीमा कम्पनी अग्र स्थानमा  छ । कम्पनीको १५ करोड १८ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

 

बिहीवार १ हजार ३२७ दशमलव १३ विन्दुबाट खुलेको बजार केही समयपछि झरेर १ हजार ३१२ बिन्दुसम्म पुगेको थियो । घट्ने र बढ्ने क्रममै रहेको बजार अन्त्यमा बढेरै बन्द भएको छ । ९३ ओटा कम्पनीको सेयर मूल्य बढेको यस दिन सूर्योदय लघुवित्त, एनआईसी एशिया लघुवित्त र ओमी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । 

 



पहिलो कारोबार दिन एनआईसी एशिया लघुवित्तको सेयरमूल्य रू.३३, सूर्योदय लघुवित्तको सेयरमूल्य रू. ८० र ओमी लघुवित्तको रू.८५ ले बढेको हो  । यस दिन ६२ ओटा कम्पनीको सेयरमूल्य घटेको छ । बिहीबारको कारोबारमा सबैभन्दा बढी मूल्य ग्लोबल आइएमई समुन्नत स्किम–१ को घटेको छ ।

 



यो स्किमको मूल्य ३ दशमलव ८५ प्रतिशत घटेको हो । बिहीवार कारोबारमा आएका १२ ओटा समूहमध्ये बैंकिङ र व्यापारिक समूह बाहेक अन्यको परिसूचक बढेको छ । बैंकिङ समूहको शून्य दशमलव शून्य तीन प्रतिशत र व्यापारिक समूहको २ दशमलव ११ प्रतिशत परिसूचक घटेको हो ।

 

होटल समूहको शून्य दशमलव ८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ३१ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ५१ प्रतिशत, वित्त समूहको शून्य दशमलव ७४ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३१ प्रतिशत, अन्य समूहको शून्य दशमलव ९२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४३ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८६ प्रतिशत र म्यूचुअल फण्ड समूहको २ दशमलव ९४ प्रतिशत परिसूचक बढेको छ ।
 

  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १५:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया