गिरीको सांसद पद गुमेको जानकारी आयोगमा

समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ । संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएसँगै उनको पद औपचारिक रुपमै गुमेको हो । 

संसद सचिवालयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकाशित गरेका हुन् ।

 

दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी समाजवादी पार्टीले आयोगलाई दिएको थियो । 

 

सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उनले उल्लंघन गरेकी थिइन् । त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधनसमेत दर्ता गराएकी थिइन् ।
 





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १६:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया