भारतीय सञ्चारमाध्यमका मर्यादाहीन सम्प्रेषणको अभीष्ट राम्रैसँग बुझ्न सकिन्छ : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भारतीय मिडियामा भइरहेका गलत समाचारबारे आपत्ति जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय मिडियाले लगातार नेपाल र प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक समाचार प्रसारण गरेको भन्दै धारणा सार्वजनिक गरेका हुन् ।

‘कतिपय भारतीय सञ्चारमाध्यमले केही दिनयता गरिरहेको गलत, भ्रामक र मर्यादाहीन सम्प्रेषणको अभीष्ट राम्रैसँग बुझ्न सकिने भन्दै उनले तिनीहरुले पत्रकारिताबाहेक अरुथोक मात्र गरिरहेको आरोप लगाए । 

भारतीय टिभी जी न्युजले प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत होउ यान्छीले ‘हनीट्रयाप’मा पारेर भारतविरोधी कदम चाल्न उक्साएको आरोप लगाएको थियो । अन्य केही  टिभी च्यानलमा पनि नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक समाचार आइरहेका छन् । 

प्रधानमन्त्रीको सचिवालयले तीन करोड नेपालीजनमा यस्ता आधारहीन सम्प्रेषणले कुनै अर्थ नराख्ने बरु जिम्मेवार पत्रकारिताका निम्ति यस्तो सम्प्रेषण स्वयंमा लज्जाको विषय भएको जनाएको छ ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्– कतिपय भारतीय सञ्चारमाध्यमहरूले केही दिनयता गरिरहेको गलत, भ्रामक र मर्यादाहीन सम्प्रेषणको अभीष्ट राम्रैसँग बुझ्न सकिन्छ । तिनले पत्रकारिताबाहेक अरूथोक मात्र गरिरहेका छन् । तीन करोड नेपालीजनमा यस्ता आधारहीन सम्प्रेषणले कुनै अर्थ राख्दैनन् । बरु जिम्मेवार पत्रकारिताका निम्ति यस्तो सम्प्रेषण स्वयंमा लज्जाको विषय भएको छ ।





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १६:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया