काठमाडौं– संघीय समाजवादी पार्टीले सरिता गिरीलाई गरेको कारबाहीको विपक्षमा मत राखेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आयोगकी सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ ।
आयोगले सदस्यबाटै यस किसिमका ट्विट आउनु खेदजनक रहेको जनाएको छ । साथै उनको अन्सारीको ट्विटलाई अस्वीकार गर्दै आयोगले उनलाई सचेत गराइएको जनाएको छ ।
गिरीले नेपालको नयाँ नक्सा संशोधन प्रस्तावरिुद्ध संशोधन दर्ता गराएकी थिइन् । उनले पार्टीको ह्पिविरुद्ध संशोधन प्रस्तावमा मतदान हुने दिन संसद बहिस्कार गरेकी थिइन् । त्यसपछि समाजवादी पार्टीले गिरीलाई निष्कासन गरेको थियो ।
आयोगकी सदस्य अन्सारीले ट्विट गरेर गिरीमाथिको कारबाही खेदजनक भएको भन्दै विरोध गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।