छोटो दूरीका सवारीसाधन सञ्चालन गर्ने सरकारको निर्णय, ट्याक्सी तत्कालै चलाउन पाइने

काठमाडौं– सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रेस ब्रिफिङका क्रममा सो जानकारी गराएका हुन् । 

नयाँ मापदण्डअनुसार काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सवारीसाधन चल्न पाउनेछन् । ट्याक्सीहरु भने तत्कालै चल्न पाउनेछन् । 

ट्याक्सीमा चालकबाहेक दुईजना मात्र चढ्न पाउनेछन् । ट्याक्सीले पनि उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ ।

सार्वजनिक यातायातका ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जना मात्र बस्न पाउनेछन् ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । साथै हरेक दिन बसलाई स्यानिटाइज गर्नुपर्नेछ ।





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १७:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया