काठमाडौं–पछिल्लो २४ घण्टामा १ सय ४९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ५ सय ८८ जनाको पिसिआर नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टिनमा २४ हजार ८ सय २५ जना र आइसोलेशनमा आठ हजार ६ सय ५ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा एक सय ८ जना संक्रमित पुष्टि भएको छ । कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।