काठमाडौं– सरकारले अमेरिकाले दिने ४ सय ५० मिलियन अमेरिकी डलर (करिब ५४ अर्ब) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । अमेरिकाले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि सो सहयोग गर्ने भएको हो ।
मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् । खतिवडाका अनुसार सहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि विश्व बैंकले दिने १८ अर्ब सहुलियतपूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ ।
सो रकमबाट देशभरिका २९ नगरपालिकाको पूर्वाधार र शासकीय क्षमता अभिवृद्धि काम अघि बढाइने उनले जानकारी गराए । नागरिक उड्डयन क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले दिने ५ अर्ब ९८ करोड सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।