एसिया कप २०२० स्थगित गर्ने एसिसीको निर्णय

काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसिसी)को कार्यकारी बोर्डको बैठकले एसिया कप २०२० स्थगित गर्ने निर्णय गरेको छ । आगामी सेप्टेम्बरमा हुने तय भएको एसिया कप कोरोना भाइरसका कारण स्थगित गर्ने निर्णय गरेको हो ।

एसिसीले खेलाडी, सपोर्ट स्टाफ, सहयोगी, फ्यान र समग्र क्रिकेट समुदायको स्वास्थ्यको खाल गर्दै प्रतियोगिता स्थगित गरिएको जनाएको छ । स्थगित गरिएको एसिया कप अब २०२१ मा आयोजना गर्ने एसिसीको भनाइ छ।

पाकिस्तानले २०२०को एसिया कप श्रीलंकालाई आयोजना गर्न र २०२१ को एसिया कप आफूले गर्ने प्रस्ताव गरेको थियो । 

सोहीअनुसार अब २०२१ को एसिया कप श्रीलंकामा हुनेछ भने २०२२ को एसिया कप पाकिस्तानमा हुनेछ ।





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १९:१६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया