विपद व्यवस्थापनमा नयाँ रणनीति अपनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन् ।

मन्त्री थापाले अहिलेसम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले उक्त निर्देशन दिएका हुन् । 

संकटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमितिलगायत सरोकारवाला संघ–संस्थालाई उच्च सतर्कतामा राख्न समेत उनले निर्देशन दिए । घटना घटनासाथ उच्च सतर्कता अपनाई तुरुन्तै परिचालित हुने गरी काम गर्न समेत उनले निर्देशन दिएका छन् ।

मनसुनले यस वर्ष बाढी पहिरोको जोखिम बढाएको भन्दै संकटको सम्भावनाको आकलन गरिएको सन्दर्भमा मन्त्री थापाले उक्त कुरा बताएका हुन् ।





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार २०:१२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया