बालिका करणीको अभियोगमा बर्दियामा ७० वर्षीय वृद्ध पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा ७० वर्षका वृद्ध पक्राउ परेका छन् । बालिकालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–५ झप्टीका ७० वर्षीय धनसिंह कामी पक्राउ परेका हुन् । 

त्यसैगरी, उदयपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका–५ हलुने भञ्ज्याङ बस्ने २४ वर्षीय छविलाल श्रेष्ठ पक्राउ परेका छन् । 

अभियुक्तले बालिकालाई कुकुङ्टारबाट घर फर्किने क्रममा जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरी चौकी उदयपुरगढीले जनाएको छ ।

दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार २०:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया