खेत जोत्ने ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

इलाम – इलाममा खेत जोत्ने ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको माई नगरपालिका १ को पालटारमा खेत जोत्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार दुर्घटनामा परेर माई नगरपालिका १ का ११ वर्षका नितेश गिरी र ट्याक्टर चालक माई नगरपालिका ८ का २१ वर्षका सुजन विश्वकर्माको ज्यान गएको हो ।

गिरी र विश्वकर्माको उपचारको क्रममा झापाको बी एण्ड सी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार २१:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया