नारायणगढको औषधि गोदाममा आगलागी, डेढ करोड बराबरको क्षति

चितवन– नारायणगढको एक औषधि गोदाममा आगलागी भएको छ । आगलागीका कारण डेढ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर ३, शहिदचोक स्थित एउटा घरमा रहेको मेडिमिक्स कम्पनीको गोदाममा ६ बजेतिर आगलागी भएको हो । 

विद्युतीय सटका कारण भएको उक्त आगलागी भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिकाको २ वटा र खैरहनी नगरपालिकाको एक दमकलसहित सशस्त्र र नेपाली प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।   





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार २१:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया