विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख, पाँच लाख ५० हजारको मृत्यु

काठमाडौं– विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको जोन हकिन्स विश्वविद्यालयले बिहीबार जानकारी दिएको छ । विश्वविद्यालयका अनुसार सङ्क्रमितमध्ये विश्वभर पाँच लाख ५० हजार १ सय ३५ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण अमेरिकामा मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङख्या सबैभन्दा धेरै छ । अमेरिका सबैभन्दा बढी कोरोना प्रभावित देश भएको छ । 

अहिलेसम्म अमेरिकामा ३० लाख ५५ हजार १४४ जना सङ्क्रमित भएका छन् । तीमध्ये एक लाख ३२ हजार ३०९ जनाको मृत्यु भएको छ ।

दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल छ । ब्राजिलमा १७ लाख १३ हजार १६० जना सङ्क्रमित छन् भने ६७ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ ।

ब्रजिलपछि त्रमशः बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रूस र पेरू बढी प्रभावित मुलुक हुन् ।





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार २१:३१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया