विकास दुबेका पाँच अन्य साथी पनि इनकाउन्टरमै मारिए

भारतका गुन्डा नाइके विकास दुबेको प्रहरी इन्काउन्टरमा निधन भएको छ । उनलाई उत्तर प्रदेशमा पक्राउ गरेर प्रहरीले कानपुर लैजाँदै थियो ।

भारतमा गुन्डा नाइके इन्काउन्टरमा मारिएको यो पहिलो घटना होइन । यसअघि प्रहरीले त्यहाँ इन्काउन्टरमा अन्य गुन्डा नाइकेको निधन भएको बताउँदै आएको छ । 

प्रहरी मुठभेडमा विकासकै अन्य पाँच जना साथी पनि मारिएका छन् । 

उनीहरु सबै विकास दुबेका आफन्त र नजिकका व्यक्ति हुन् । यसरी मारिनेमा प्रेम प्रकाश, विकास दुबेका मामा, अतुल दुबे, विकास दुबेका भतिज, अमर दुबे, विकास दुबेका नजिकका व्यक्ति र प्रभाव तथा प्रवीण रहेका छन् । 

विकास दुबेकै संलग्नतामा विभिन्न अपराध गरेको आरोपमा प्रहरीले अन्य १४ आरोपितलाई जेल पनि पठाएको छ ।

केही दिनअघि कानपुरमा प्रहरी विकास दुबेको घरमा उनलाई पक्राउ गर्न पुगेको थियो । त्यस क्रममा त्यहाँ विकास दुुबेका सहयोगीहरुले प्रहरीमाथि आक्रमण गर्दा आठ प्रहरीको निधन भएको थियो ।





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार ९:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया