अर्जुन क्षेत्री पक्राउ

आफूलाई ज्योतिषी भन्दै विभिन्न भविष्यवाणी गर्दै आइरहेका अर्जुन क्षेत्री पक्राउ परेका छन् ।

तर, यसपटक उनी कुनै भविष्यवाणीका कारण पक्राउ परेका होइनन् । उनलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सहसचिव हुँ भनेर ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि उनी ठूलो भूकम्प जाँदै छ भन्दै फेसबुकमा लाइभ आएपछि २१ जेठ २०७६ मा पक्राउ परेका थिए । यसपटक उनले विद्युत् प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै चार करोड रुपैयाँ मागेको र ५० लाखमा लेनदेन गर्ने सहमती गरेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएका छन् ।





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १०:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया