नारायणी अस्पतालले सुरु गर्यो सशुल्क कोरोना परीक्षण


नारायणी अस्पताल वीरगन्जले शुल्क तिरेर सशुल्क पीसीआर टेष्ट गराउने सेवा शुरु गरेको छ । सेवा सुरु भएसँगै तोकिएको शुल्क ५५ सय रुपैयाँ तिरी जोसुकैले परीक्षण गराउन सक्ने बताइएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको २४ असारमा गरेको निर्णयअनुसार अस्पतालले सेवा सुरु गरेको जनाएको छ । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले परिपत्र जारी गरी मोफसलका ६ वटा ल्याबमा शुल्क तिरेर पीसीआर परीक्षणका लागि स्वीकृति दिएसँगै अस्पतालले सेवा सञ्चालन गरेको बताएको छ ।

 

केन्द्रले प्रदेश १ मा कोशी अस्पताल विराटनगर, प्रदेश २ को नारायणी अस्पताल वीरगञ्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला, लुम्बिनी अस्पताल बुटवल, प्रादेशिक जनस्वास्थ्य सुर्खेत, प्रादेशिक प्रयोगशाला धनगढीमा कोभिड–१९ प्रोटोकल बाहिरका सर्वसाधारणले ५ हजार ५ सय रुपैयाँ तिरेर परीक्षण गराउन सक्ने निर्देशन जारी गरेको थियो ।

 



सशुल्क प्रयोगशाला तोकिएपछि नारायणी अस्पतालले सूचना गरी शंकास्पद, कन्ट्याक्ट् ट्रेसिङमा परेका वा इच्छुक जो कसैले पिसिआर गराउन सक्ने सेवा शुरु गरेको अस्पतालले जनाएको छ ।
 



  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १३:१६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया