जी न्युजका प्रधान सम्पादक चौधरीले नेपाली दर्शकसँग मागे माफी

काठमाडौं– भारतीय न्युज च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालबारे दिएको अभिव्यक्ति विवादमा आएपछि माफी मागेका छन् । 

नेपालमा भारतीय न्युज च्यानल बन्द भएपछि उनले नेपाल भारतीय मिडियासँग डराएर प्रसारण बन्द गरेको आरोप लगाएका थिए । बिहीबार उनले भारत सरकारले सेना प्रयोग नगरी मिडियाकै माध्यमबाट नेपाललाई गलाउन सफल भएको आशयको ट्विट गरेका थिए ।

शुक्रबार चौधरीले सो ट्विट डिलिट गर्दै माफी मागेका छन् । आफूले आबेशमा आएर त्यस्तो ट्विट गरेकमा उनले दुःख व्यक्त गरेका छन् । 

उनले लेखेका छन्, ‘मेरो ट्विटका कारण नेपालस्थित हाम्रा दर्शकलाई चोट पुग्यो । भारतमा पनि धेरैले मलाई भन्नुभयो कि– यो ठीक भएन । सयद हुन सक्छ, मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएँ । यो अभिव्यक्तिको मञ्च हो, न कि कसैलाई चोट पुर्‍याउने । त्यसकारण दुःख प्रकट गर्दै उक्त ट्विटलाई हटाउँदै छु । 

यस्तो छ सुधीर चौधरीको ट्विट 





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १६:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया