आइएमई लाइफ इन्स्योरेन्सले दियो आइपिओका लागि आवेदन


आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आइपिओ विक्री गर्न गत असार २२ गते बोर्डमा निवेदन दिएको हो । आइपिओको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

 

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीले रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आइपिओ विक्री गर्न लागेको हो । 

 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९ करोड ८१ लाख नाफा कमाएको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा उक्त कम्पनीले बीमा समितिबाट विसं २०७४ साल असार २० गते इजाजत प्राप्त गरि २०७४ साल भदौ १ गतेदेखि कारोबार शुरु गरेको हो ।





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १६:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया