सिभिल मलका व्यवसायीले आफ्नो पसलको चाबी मल सञ्चालकलाई बुझाएका छन् । मल सञ्चालकसँग लगातारको छलफलपछि पनि घर भाडामा सहमति हुन नसकेपछि सबै व्यवसायीले चाबी बुझाएका हुन् ।
सञ्चालकसँग व्यवसायीले कोरोना भाइरसको महामारीको अवस्थामा घरभाडामा केही छुट दिन माग गर्दै धेरै छलफल गरेका थिए । छलफलमा संचालकले व्यवसायीको कुरा नसुनेपछि चाबी नै सञ्चालकलाई सुम्पिने घोषणा गरिएको हो ।
व्यवसायीहरुले सिभिल मलमै पत्रकार सम्मेलनको आयोजना गर्दै शुक्रबार दिउँसो सबै स्टलको चाबी मल सञ्चालकलाई बुझाएका हुन् । बिहानैदेखि व्यवसायीहरु सञ्चालकसँग सकारात्मक छलफलका लागि जुटेका थिए । लगातारको छलफलपछि पनि मल संचालकले सहमति जुटाउन नसकेकाले चाबी बुझाउने घोषणा गरिएको व्यवसायीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।