नेपाली कांग्रेसको कोभिड अनुगमन समितिद्वारा विभिन्न व्यवसायीसँग छलफल
​सुरक्षालगायतको ग्यारेन्टी गरी व्यवसाय सञ्चालनको वातावरण बनाउन व्यवसायीको माग

यातायात व्यवसायीले सुरक्षालगायत विषयमा ग्यारेन्टी गरेमात्र सार्वजनिक यातायातका साधन चलाउन  सकिने बताएका छन् । नेपाली कांग्रेसको कोभिड अनुगमन समितिसँगको छलफलमा नेपाल यातायात व्यवसायी महासंघको टोलीले सुरक्षा र गाडी मर्मतका लागि समय लाग्ने भएकोले केही समय यातायात सञ्चालन गर्न नसकिने बताए । 
 
महासंघको टोलीले यातायात व्यवसायीले आफ्ना सवारीसाधन महिनौंसम्म थन्काएको र ती गाडी मर्मत गरेर मात्रै चलाउने अवस्थामा रहेको बताए  । गाडी मर्मतका लागि पुनर्कर्जा, गाडी चालक र सहचालकको कोरोना बिमा, स्वास्थ्य सामग्रीको व्यवस्थापन पनि सरकारले गरे मात्रै यातायात सञ्चालन गर्न सकिने उनीहरुको भनाइ छ ।  । उनीहरुले लकडाउन समयको किस्ता स्थगन गर्नुपर्ने  मागसमेत राखेका छन् । 

 

त्यस्तै समितिले शुक्रबार नै आजै विभिन्न चेम्बरहरूसँग पनि छलफल गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका सदस्य र चेम्बरका प्रतिनिधिहरुले पनि असार मसान्तसम्मको बैंकको ब्याज र किस्ता तिरिसक्नु पर्ने तर मौद्रिक नीति चाहिँ किन ७ साउनमा ल्याउने भनेर प्रश्न उठाएका थिए । 

 

कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले नेपालमा क्रियाशील पर्यटन व्यवसायीसँग पनि कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे पनि छलफल गरेको छ । उक्त छलफलमा पर्यटन व्यवसायीले प्रधानमन्त्री राहत कोषलाई पर्यटन प्रवद्र्धनमा खर्च गर्न सरकारलाई सुझाव दिन कांग्रेसको समितिलाई आग्रह गरेका छन् । उनीहरुले कोभिडको प्रभाव यस्तै अवस्थामा रहने र सरकारले पर्यटन क्षेत्रमा कुनै राहत नल्याउने हो भने पर्यटन व्यवसायीले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । सरकारले  छिट्टै पर्यटन क्षेत्रमा सुधारका  कदम नचाले आफूहरु सडक आन्दोलनमा जाने चेतावनी पर्यटन व्यवसायीको भनाइ थियो ।





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १७:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया