लोकसेवाले निकाल्यो सहसचिवको नतिजा, सफल १० जनाको नामसहित

काठमाडौं– लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को नतिजा प्रकाशन गरेको छ ।  

लकडाउन सुरु हुनुअघि नै लिखित परीक्षामा पास भएका आवेदकको अन्तर्वार्ता र मामिला प्रस्तुतीकरण रोकिएको थियो । लोकसेवाले असार १५ देखि १७ सम्म मामिला प्रस्तुतीकरण तथा १८ देखि २६ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेर शुक्रबार नतिजा निकालेको हो ।   

प्रकाशित नतिजाअनुसार खुलातर्फ रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य  छनोट भएका छन् । मधेसीमा इन्द्रदेव यादव र रामकुमार महतो छनोट भएका छन् । 

त्यस्तै महिलामा अनिता निरौला र स्किम श्रेष्ठले नाम निकालेका छन् भने आदिवासी जनजातिमा हेमराज तामाङ सहसचिव बन्न सफल भएका छन् ।  





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १८:५४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया