बाढी-पहिरोका कारण शुक्रबार २३ जनाको ज्यान गयो, ३६ बेपत्ता, २६ घाइते

काठमाडौं– अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा शुक्रबार मात्र २३ जनाको ज्यान गएको छ । शुक्रबार ६ जिल्लामा पहिरो र दुई जिल्लामा बाढी आउँदा ३६ जना बेपत्ता भएका छन्, भने २६ जना घाइते भएका छन् ।

शुक्रबार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा बाढीपहिरो गएको गृह मन्त्रालयले जनाएको छ । म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकामा पहिरो जाँदा ३ जनाको ज्यान गएको छ, भने ३१ जना अझै बेपत्ता छन् ।

त्यस्तै, लमजुङको बेशिसहर नगरपालिका सातबिसेमा पहिरो जाँदा ३ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । कास्कीको पोखरा महानगरपालिका, सारङकोट, हेम्जा र पैतेडाँडामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

रुकुम पश्चिमको आठविसेकोट नगरपालिका रजेखोलामा पहिरो जाँदा २ जनाको मृत्यु भएको भने १ जना घाइते भएका छन् । जाजरकोटको बारकोट गाउँपालिकामा पहिरो जाँदा ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् भने ५ जना बेपत्ता छन् । गुल्मीको कालीगण्डकीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार सिन्धुपाल्चोकमा बाढी आउँदा २ जनाको ज्यान गएको थियो भने २१ जना बेपत्ता भएका छन् । 





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार २०:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया