स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल म्याड्रिडले एलाभेसमाथि २–० को जित निकालेको छ ।
रियलको वैकल्पिक मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन करिम बेन्जेमा र मार्को असेन्सियोले १–१ गोलको योगदान दिए ।
खेलको ११ औं मिनेटमा एलाभेसका सिमो नाभार्रोले डि–बक्स भित्र फेर्लान्ड मेन्डीलाई फल गरेपछि रेफ्रिले रियललाई पेनाल्टीको अवसर दिएका थिए । उक्त पेनाल्टीलाई बेन्जेमाले गोलमा परिणत गर्दै रियललाई अग्रता दिलाएका हुन् ।
खेलको ५० औं मिनेटमा असेन्सियोले रियलको अग्रतालाई दोब्बर बनाए । उनले बेन्जेमाको पासलाई सदुपयोग गर्दै जाली चुमाएता पनि रेफ्रिले अफसाइड भन्दै गोल दिएका थिएनन् । तर पछि भिएआरको मद्दतमा उक्त गोललाई मान्यता दिइयो ।
जितसँगैै रियलले दोस्रो स्थानको बार्सिलोनासँग ४ अंकको दुरी बनाएको छ । समान ३५ खेलबाट रियलले ८० अंक जोड्दा बार्सिलोनाले ७६ अंक जोडेको छ ।
पराजय बेहोरेको एलाभेस ३५ खेलबाट ३५ अंककम साथ १७ औंं स्थानमा छ ।
गएराति नै भएको खेलमा ग्रानाडाले रियल सोसिडाडमाथि ३ –२ को जित निकाल्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।