उडिरहेको विमानभित्र जुम्ल्याहा जन्मिएपछि...

कोरोनाभाइरसका कारण आजकल अधिकांश अन्तर्राष्ट्रिय उडान भएका छैनन् । यद्यपि, कुनै कुनै देशमा भने यसलाई खुला गरिएको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय उडानमा सधैँ नहुने घटना भएको । त्यो सुखद छ ।

उडिरहेको विमानभित्र मङ्गोलियाकी एक महिलाले शुक्रबार दुई बच्चालाई जन्म दिएकी छिन् ।

टर्कीको राजधानी स्तानबुलदेखि मङ्गोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ वर्षीया महिलाले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।

जन्मिएका ती बच्चाहरू बालिका हुन् भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिनाअगाडि नै सुत्केरी भएको जनाइएको छ । बच्चा जन्माएकी महिला र दुवै बच्चाहरूलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मङ्गोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले बताएका छन् ।

विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कोरोनाको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको बताए ।



कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरू चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए ।

ती महिलासँगै मङ्गोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मङ्गोलियाको यात्रामा रहेका थिए ।
 



  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार ७:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया