किन देखे संग्रौलाले प्रचण्डलाई भिजेको मुसोजस्तो ?

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला पछिल्लो समयमा सामाजिक सञ्जालमा खुबै छाउने गरेको छन् । प्रायः उनी सत्ताधारीहरुलाई शब्दको तिखो बाँण प्रहार गर्ने गर्छन् ।

अझ संग्रौला प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक हुन् । उनी ओलीलाई विभिन्न उपमा दिने गर्छन् ।

तर, संग्रौला पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पनि आलोचक भएका छन् ।

यसैबीच, संग्रौलाले प्रचण्डलाई भिजेको मुसोको संज्ञा दिँदै केही समयअघि ट्विट गरेका छन् । प्रचण्ड माधव नेपाल र झलनाथ खनालसामु बाघको रुपमा प्रश्तुत भए पनि ओलीको सामु भने भिजेको मुसो सरह हुने उनको आरोप छ ।

संग्रौलाले प्रचण्डको व्यक्तित्वमा विरोधाभास रहेको दाबी गर्र्दै ओलीसामु उनी झुक्ने गरेको आरोप लगाएका छन् ।

‘कुरो यसो बुझियो है । पुष्पकमल दाहाल माधव–झलनाथ सामु बाघको औतारमा प्रस्तुत हुन्छन् । जब खड्गप्रसाद सामु हाजिर हुन्छन्, उनी गरूडको छाया परेको सर्पझैँ लत्याकलुतुक गलिहाल्छन्’, उनले लेखेका छन्, ‘सिंहासन ताक्नु र सिंहासनधारीसामु भिजेको मुसो सरी पामर हुनु पुष्पकमलको व्यक्तित्वको उग्र विरोधाभास हो ।’
 





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार ९:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया