पूर्वी नवलपरासीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
तस्बिर : सामाजिक सञ्जाल

पूर्वी नवलपरासीको गैँडाकोटमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको प्रहरीको भनाइ छ ।

बाटो बन्द भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन बीच बाटोमै अलपत्र परेको स्थानीयहरुको भनाइ छ ।
 





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार ९:४७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया