गायक कमल खत्रीको ‘मेरो देश’ सार्वजनिक भएको छ । ‘मेरो देश’ कमल खत्रीकै पछिल्लो गीत हो र यसको भिडियो उनले आफ्नै युट्युब च्यानलमा पनि अपलोड गरेका छन् ।
भिडियोमा कमलले नेपालको पूर्ण नक्सा प्रयोग गरेका छन् । खत्रीले फरकधारलाई नयाँ नक्सा विवादकै कारण पहिले नै खिचिएको भिडियो अहिले मात्र सार्वजनिक गरिएको बताए ।
‘लिम्पियाधुरा र कालापानी सहितको नक्सा सदनबाटै पास भए पछि हामीले मेरो देशको भिडियोसहित हिजो मात्र रिलिज गर्न पायौँ । भिडियोमा नेपालको नयाँ नक्शा छ,’ खत्रीले भने, ‘गीतको भिडियो छायांकन गर्न मात्रै दुई महिना लागेको थियो । भिडियोमा हामीले देशका विभिन्न ठाउँहरुको दृश्य समेटेका छौं ।’
गीतको भिडियोमा कालिञ्चोक, मुस्ताङ, शिवापुरी, बसन्तपुर दरवार स्क्वायर, पाटन दरवर स्क्वायर, धौलागिरी बेस क्याम्प, डेविस फल, जनकपुर लगायता देशका विभिन्न सांस्कृतिक महत्व बोकेका र सुन्दर ठाउँहरु समावेश गरिएका छन् ।
भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकी हुन् । गीतका शब्द शक्ति क्षेत्रीले लेखेका हुन्, उनैले गीतमा संगीत पनि दिएका छन् । भिडियोलाई युट्युबमा छोटो समयमा नै दर्शकले मन पराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।