गण्डकी प्रदेशमा थपिए १४ कोरोनाभाइरस संक्रमित

गण्डकी प्रदेशमा शनिबार विहान थप १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका नयाँ संक्रमित तनहुँ, म्याग्दी, स्याङ्जा र बाग्लुङका हुन् ।

तनहुँको व्यास नगरपालिकाका ३५ वर्षीय एक जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । म्याग्दीमा ३ जना, स्याङ्जाका तीन जना र बाग्लुङमा तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रदेश कार्यालयले जनाएको छ ।

त्यस्तै, पोखरा महानगरमा २५ र २८ वर्षका दुई जनामा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार १२:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया